काठमाडौं । अलेहान्द्रो गारनाचोले सिजनको उत्कृष्ट गोलको दाबेदारमा पर्ने शानदार गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जीत हासिल गरेको छ । आइतबार प्रिमियर लिग अन्तरगतको खेलमा युनाइटेड ३–० गोलले विजयी बनेको हो ।
गारनाचोले खेलको तेस्रो मिनेटमा नै बाइसाइकल किकमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५६ औँ मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । ७५ औँ मिनेटमा आफ्नो गोलको खडेरी अन्त्य गर्दै एन्टोनी मार्सियालले तेस्रो गोल गरे ।
जीतपछि युनाइटेड २४ अङ्कसहित लिगको छैटौँ स्थानमा उक्लिएको छ । उता १० अङ्क घटाएर कारबाही भोगेको एभर्टन ४ अङ्कसहित रेलिगेसन जोनमा छ ।
आइतबार नै भएका अन्य खेलमा गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्लाले टोटनह्याम हटस्पर्सलाई २–१ गोलले हरायो । योसँगै भिल्लाले स्पर्सलाई दुई अङ्कले उछिन्दै लिगको चौथो स्थानमा पुगेको छ । स्पर्स २६ अङ्कसहित पाँचौँ स्थानमा छ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend