काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको नभएर वर्तमान नेताहरूको विकल्प खोजिरहेको बताएका छन् । रौतहटको चन्द्रपुरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।
दुर्गा प्रसाईंको आन्दोलन पनि त्यसको ज्वलन्त उदाहरण रहेको उनको भनाई छ। आन्दोलन आम जनताको राजनीतिक दल र सरकारप्रतिको निराशाको उपज रहेको लामिछानेले बताए ।
लामिछानेले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेकै कारण यस्तो समस्या उत्पन्न भएको बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारको कारण देशको अर्थतन्त्रमा समस्या देखिए पनि सुधारका लागि उचित पहल नगरेका कारण समेत आम नागरिकमा निराशा छाएको उनले जिकिर गरे ।
आम नागरिकले देशमा बढी नेता भएकै कारण देश बिग्रँदै गयो भनेर अहिले नागरिक व्यवस्थाकै विरोधमा उत्रेको लामिछानेले दाबी गरे । संसारको उत्कृष्ट व्यवस्था लोकतन्त्र भएका कारण यो व्यवस्थाको विरोध गर्नुहुँदैन बरु यसलाई सुधार गरेर अघि बढ्नुपर्नेमा उनले जाेड दिए ।
मधेस केन्द्रित संगठन सुधारका लागि मधेस प्रदेश झरेको बताउँदै लामिछानेले एउटै व्यापारी बैंक सञ्चालक, बिमा सञ्चालक र उद्योग सञ्चालक भएकाले पनि देशको अर्थतन्त्र धराशायी भएको जिकिर गरे ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend