Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोकतान्त्रिक व्यवस्थाको नभएर जनताले वर्तमान नेताहरूको विकल्प खोजिरहेका छन् : सभापति लामिछाने


    शनिबार, मंसिर ९ २०८०
    805
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको नभएर वर्तमान नेताहरूको विकल्प खोजिरहेको बताएका छन् । रौतहटको चन्द्रपुरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

    दुर्गा प्रसाईंको आन्दोलन पनि त्यसको ज्वलन्त उदाहरण रहेको उनको भनाई छ। आन्दोलन आम जनताको राजनीतिक दल र सरकारप्रतिको निराशाको उपज रहेको लामिछानेले बताए ।

    लामिछानेले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेकै कारण यस्तो समस्या उत्पन्न भएको बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारको कारण देशको अर्थतन्त्रमा समस्या देखिए पनि सुधारका लागि उचित पहल नगरेका कारण समेत आम नागरिकमा निराशा छाएको उनले जिकिर गरे ।

    आम नागरिकले देशमा बढी नेता भएकै कारण देश बिग्रँदै गयो भनेर अहिले नागरिक व्यवस्थाकै विरोधमा उत्रेको लामिछानेले दाबी गरे । संसारको उत्कृष्ट व्यवस्था लोकतन्त्र भएका कारण यो व्यवस्थाको विरोध गर्नुहुँदैन बरु यसलाई सुधार गरेर अघि बढ्नुपर्नेमा उनले जाेड दिए ।

    मधेस केन्द्रित संगठन सुधारका लागि मधेस प्रदेश झरेको बताउँदै लामिछानेले एउटै व्यापारी बैंक सञ्चालक, बिमा सञ्चालक र उद्योग सञ्चालक भएकाले पनि देशको अर्थतन्त्र धराशायी भएको जिकिर गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार