Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घृणायुक्त अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको अनुरोध


    शुक्रबार, मंसिर ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले घृणा फैलाउने अभिव्यक्तिहरु रोक्न आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

    बिहीबार काठमाडौंमा भएको प्रर्दशनहरुमा एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएको पाइएको आयोगले बताएको छ ।

    ‘यस प्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानवअधिकारको मुल्य मान्यता विपरित भएको आयोगको ठहर छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    आयोगले आफ्ना विमतिहरु राख्दा र विरोधका कार्यक्रमहरु गर्दा संविधान र कानुनको परिधिभित्र रहन र कसैप्रति लक्षित घृष्णायुक्त अभिव्यक्ति नदिन, सामाजिक सञ्जालहरुमा नराख्न समते आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार