Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले झापामा भोलि शक्ति प्रदर्शन गर्ने


    शुक्रबार, मंसिर ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । भोलि राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

    पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्ने बताइएको छ ।

    शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

    यता काठमाडौंमा दुर्गा प्रसाईंले राजाको पक्षमा शक्ति प्रदर्शन गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार