काठमाडौं। अस्ट्रेलियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा भारतले २ विकेटको रोमान्चक जित हात पारेको छ।
अस्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्य भारतले १९.५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। भारतले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि यति ठूलो लक्ष्य पुरा गर्न सकेको थिएन। भारतलाई अन्तिम बलमा जितका लागि १ रन आवश्यक रहेका बेला रिंकु सिंहले छक्का प्रहार गरेका थिए। उक्त बललाई अम्पायरले नो बल दिएका थिए।
भारतको पालीमा कप्तान सुर्यकुमार यादवले ४२ बलमा ४ छक्का र ९ चौकासहित ८० रन जोडे। विकेटकिपर इसन किसनले ३९ बलमा ५ छक्का र २ चौकासहित ५८ रन बनाए। यी दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि एक सय १२ रनको साझेदारी गरेका थिए।
त्यसअघि अस्ट्रेलियाका लागि जोस इङ्लिसले ५० बलम ८ छक्का र ११ चौकासहित एक सय १० रन बनाएका थिए।
स्टिभन स्मिथले पनि ५२ रन बनाए। भारतले अधिकांश दोस्रो रोजाइका खेलाडीलाई समेटेर यो शृंखला खेलिरहेको छ। गत साता मात्र भारतीय टोली एकदिवशीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend