काठमाडौं। अस्ट्रेलियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा भारतले २ विकेटको रोमान्चक जित हात पारेको छ।
अस्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्य भारतले १९.५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। भारतले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि यति ठूलो लक्ष्य पुरा गर्न सकेको थिएन। भारतलाई अन्तिम बलमा जितका लागि १ रन आवश्यक रहेका बेला रिंकु सिंहले छक्का प्रहार गरेका थिए। उक्त बललाई अम्पायरले नो बल दिएका थिए।
भारतको पालीमा कप्तान सुर्यकुमार यादवले ४२ बलमा ४ छक्का र ९ चौकासहित ८० रन जोडे। विकेटकिपर इसन किसनले ३९ बलमा ५ छक्का र २ चौकासहित ५८ रन बनाए। यी दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि एक सय १२ रनको साझेदारी गरेका थिए।
त्यसअघि अस्ट्रेलियाका लागि जोस इङ्लिसले ५० बलम ८ छक्का र ११ चौकासहित एक सय १० रन बनाएका थिए।
स्टिभन स्मिथले पनि ५२ रन बनाए। भारतले अधिकांश दोस्रो रोजाइका खेलाडीलाई समेटेर यो शृंखला खेलिरहेको छ। गत साता मात्र भारतीय टोली एकदिवशीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend