काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री भएको समयमा टेरामक्स काण्डमा मुछिएका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री भएपछि पनि कमाउधन्दामै लिप्त हुन थालेका छन् । स्वास्थ्य मन्त्री बस्नेतले पार्टीको नीतिविपरीत पैसा लिएर नियुक्ति गरिएको भन्दै उनी विरुद्ध आक्रोश चुलिएको छ ।
मन्त्री बस्नेतले केही दिनअघि नरदेवी अस्पतालको प्रमुखमा डा. श्यामबाबु यादवलाई जिम्मेवारी दिएका छन् । पटक–पटक लाभको पदमा पुगेका यादवलाई आर्थिक चलखेलकै आधारमा उनले नरदेवी अस्पतालको जिम्मा दिएका छन् ।
दशौं तहका यादवलाई नरदेवी अस्पताल जिम्मा लगाउँदा ११ औं तहका डा. प्रदीप केसीलाई सिंहदरबार वैद्यखानामा काजमा पठाइएको छ । मन्त्रालयमा दरबन्दी राखेर केसीलाई बन्द रहेको वैद्यखानाको जिम्मा लगाइएको हो । दशैंताका यादवलाई नरदेवी पठाउने निर्णय गरेलगत्तै दशैंको बिदा शुरु हुने अघिल्लो दिन यादव हाजिर हुन पुगेका थिए ।
केसीले सरुवा र रमाना नबुझ्दै विदेशमा भएको बेला यादव नरदेवी हाजिर हुन पुगेका थिए । उनलाई काँग्रेसका मधेशी मूलका केही नेताहरुको दबाव र आर्थिक चलखेलकै आधारमा नरदेवीको जिम्मा लगाएको हो ।
त्यसैगरी मन्त्री बस्नेतले विभाग र केन्द्रीय अस्पतालहरुमा सरुवाको चलखेलको तयारी गरेका छन् । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रलाई नियुक्त गरेपछि मन्त्री बस्नेतले विभागभित्रका निर्देशकहरुको परिवर्तनका लागि तयारी थालेका छन् ।
व्यवस्थापन, परिवार कल्याण, इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा नियुक्तिका लागि अहिले लिलाम बढाबढ भइरहेको छ । लिलाम बढाबढमा जसले बढी कबोल ग¥यो उसैलाई नियुक्ति दिने तयारीमा मन्त्री बस्नेत रहेका छन् । आर्थिक चलखेलका भरमा नियुक्त भएकाहरुले धमाधम नियुक्तिपत्र बुझेर हाजिर गरिसकेका छन् भने पार्टीको सिफारिसमा परेकाहरु भने अहिलेसम्म अलपत्र अवस्थामा छन् ।
करिब दुई महिनाअघि नै स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा धनप्रसाद पौडेललाई मन्त्रीपरिषदमा नियुक्तिका लागि प्रस्ताव लगिएको थियो । प्रस्तावमा सही गरेर विदेश उडेका मन्त्री बस्नेत त्यसपछि कैयौं पटक विदेश गइसके । तर पौडेलको नियुक्ति सिफारिशलाई मन्त्रीपरिषद्ले अनुमोदन गरेको पत्र मन्त्रालयमा अहिलेसम्म आइपुगेको छैन । आफ्नो मन नहुँदानहुँदै राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काको सिफारिशमा पौडेललाई अध्यक्षमा नियुक्तिको सिफारिस गर्न मन्त्री बस्नेत बाध्य भएका थिए ।
पौडेलको नियुक्तिका विषयमा मन्त्री बस्नेतले अहिलेसम्म क्याविनेटमा छलफल चलाउन आवश्यक नठानेको बताइन्छ । उनको इच्छा नभएकै कारण पौडेलको सिफारिस भएर पनि अहिलेसम्म निर्णय हुनसकेको छैन । जागिर अवधिमै रहेका बेला नियुक्तिका लागि सिफारिशमा परेका पौडेलले अवकाश पाइसक्दा पनि नियुक्तिको टुंगो लागेको छैन ।
त्यसैगरी पार्टीकै सिफारिसमा मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबावमा बीमा बोर्डको कार्यकारी अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस पठाइएको चर्चा चले पनि मन्त्री बस्नेतकै कारण उक्त प्रस्तावले मूर्तरुप लिन पाएको छैन । भूसाल र लोहनीले नियुक्ति नपाउँदै बधाई खाइसके तर नियुक्तिको पत्र हातपरेको छैन । उक्त प्रस्ताव मन्त्रिपरिषदमै अड्किएको बताइन्छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend