काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको सचिवालयबाट प्रवाहित अपुष्ट सूचनाको आधारमा समाचार सम्प्रेषण हुँदा एक कर्मचारी अनाहकमा बदनाम हुनुपरेको छ ।
वैशाख १५ गते मन्त्री मेहताको सचिवालयबाट ह्वाट्सएप समूहमार्फत् ‘जलेका गाडीको नाममा इन्धन दुरुपयोग’ भएको दाबी गर्दै सूचना प्रवाह गरिएको थियो । उक्त सन्देशमा कर्मचारी संलग्न रहेको आशय व्यक्त गर्दै अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिइएको उल्लेख थियो । तर स्वास्थ्य मन्त्रालयले गरेको छानबिनपछि तेलको कुपन दुरुपयोग नभएको प्रतिवेदन दिएको छ । मन्त्रालयको छानबिनपछि ती कर्मचारी निर्दोष साबित भएका छन् ।
एक साता लामो छानबिनपछि मन्त्रालयकै समितिले उक्त आरोप गलत रहेको निष्कर्ष निकालेको छ । मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार जलेका सवारीसाधनका नाममा इन्धन निकासा भएको भन्ने दाबी अभिलेख, प्रहरी मुचुल्का र भुक्तानी विवरणको अध्ययनपछि पुष्टि नभएको हो ।
उक्त समाचार नेपालफेस डटकमबाट पनि सम्प्रेषण भएको थियो । स्रोतले दिएको अपुष्ट समाचार थप परीक्षण नगरी सम्प्रेषण हुन गएकोमा क्षमायाचना गर्दै उक्त समाचार सम्पादन गरिएको छ । –सम्पादक
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend