Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • स्वास्थ्य मन्त्रालयको छानबिनपछि आरोप गलत ठहर


    मंगलबार, बैशाख १५ २०८३
    26K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको सचिवालयबाट प्रवाहित अपुष्ट सूचनाको आधारमा समाचार सम्प्रेषण हुँदा एक कर्मचारी अनाहकमा बदनाम हुनुपरेको छ ।

    वैशाख १५ गते मन्त्री मेहताको सचिवालयबाट ह्वाट्सएप समूहमार्फत् ‘जलेका गाडीको नाममा इन्धन दुरुपयोग’ भएको दाबी गर्दै सूचना प्रवाह गरिएको थियो । उक्त सन्देशमा कर्मचारी संलग्न रहेको आशय व्यक्त गर्दै अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिइएको उल्लेख थियो । तर स्वास्थ्य मन्त्रालयले गरेको छानबिनपछि तेलको कुपन दुरुपयोग नभएको प्रतिवेदन दिएको छ । मन्त्रालयको छानबिनपछि ती कर्मचारी निर्दोष साबित भएका छन् ।

    एक साता लामो छानबिनपछि मन्त्रालयकै समितिले उक्त आरोप गलत रहेको निष्कर्ष निकालेको छ । मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार जलेका सवारीसाधनका नाममा इन्धन निकासा भएको भन्ने दाबी अभिलेख, प्रहरी मुचुल्का र भुक्तानी विवरणको अध्ययनपछि पुष्टि नभएको हो ।

    उक्त समाचार नेपालफेस डटकमबाट पनि सम्प्रेषण भएको थियो । स्रोतले दिएको अपुष्ट समाचार थप परीक्षण नगरी सम्प्रेषण हुन गएकोमा क्षमायाचना गर्दै उक्त समाचार सम्पादन गरिएको छ । –सम्पादक

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार