Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनियुक्त मुख्य न्यायाधीशहरुले लिए शपथ


    बिहिबार, मंसिर ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरुलाई मुख्य न्यायाधीशमा नियुक्त गरी आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    मंगलबार न्याय परिषद्ले मुख्य न्यायाधीशमा सिफारिस गरेका लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशराज राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापाले बिहीबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वभर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    मुख्य न्यायाधीशको शपथ लिएसँगै अब ६ जनालाई ६ वटै उच्च अदालतमा मुख्य न्यायाधीशमा पदस्थापन गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार