Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेकपा प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण


    मंगलबार, असोज २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ ।

    प्रमुख सचेतक गुरुङले आइतबार गराएकाे पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको गुरुङको सचिवालयले जनाएको छ ।

    गुरुङ पत्नि यसोदा सुवेदीको भने रिपोर्ट आउन बाँकी रहेकाे छ ।

    पत्नी यशोदा पनि संघीय संसदको सांसद हुन् । सामान्य ज्वरो र खोकी भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमै आइसोलेट भएर बसेका उनकाे सचिवालयले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार