Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३७३ जना कोरोना संक्रमितकाे आइसियु र भेन्टिलेटर उपचार हुँदै


    मंगलबार, असोज २७ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ७३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। 

    मन्त्रालयको तथ्यांक अनुसार ६६ जना भेन्टिलेटरमा र ३०७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । 

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६९ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३९ जना आइसियु र ५ जना भेन्टिलेटरमा र प्रदेश २ मा २० आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै सुदुरपश्चिममा ४, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १९ आइसियुमा उपचाररत रहेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार