Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • १५ सय ३ जना कोरोना संक्रमित संक्रमणमुक्त


    मंगलबार, असोज २७ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

    यो सँगै नेपालमा ७८ हजार ७ सय ८० संक्रमित  उपचारपछि निको भएका छन्। 

    मन्त्रालयका अनुसार १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ७  हजार ९१ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ४ हजार ७ सय ९५ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३५ हजार ९ सय १५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार