Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेशिक अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु


    मंगलबार, असोज २७ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठामाडौं । लुम्बिनी प्रदेशिक अस्पतालको अस्थाई कोभिड अस्पतालमा थप दुई जना  कोरोना संक्रमितको मृत्यु भएको छ। 

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ४ निवासी ८० वर्षीय महिला र बुटवल उपनगरपालिका– ३ निवासी ७२ वर्षीय  पुरुषको  मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। 

    ८० वर्षीय महिला ज्वरो र श्वासप्रश्वासमा समस्या भई असोज २६ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनको सोही दिन दिउँसो १ः१५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार उनको सोही दिन कोरोना पृष्टि भएको थियो। 

    त्यस्तै ७२ वर्षीय पुरुष  ज्वरो र श्वासप्रश्वासमा समस्या भएर असोज २ अस्पतालमा भर्ना भएका थिए। उनको सोही दिन कोरोना पोजेटिभ आएको थियो।

    उनको मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार उनी मुटु, उच्च रक्तचाप र मधुमेहका बिरामी थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार