Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा आज थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि


    मंगलबार, असोज २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३ हजार ५ सय ५६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ। संक्रमितमध्ये ७८ हजार ७ सय ८० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६ सय ६३ जनाको मृत्यु भएको छ।  

    प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १ हजार ५ सय ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार