Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा


    मंगलबार, मंसिर ५ २०८०
    815
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा गरिएको छ । बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

    उक्त टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण दुवै खेलाडी युएई विरुद्धको खेलमा टिममा थिएनन् । यस्तै युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बु भने टिममा छैनन् ।

    यसबाहेक युएई विरुद्धको खेलका लागि पहिलो पटक नेपाली टिममा परेका निसान हमाल पनि यमन विरुद्ध खेल्ने टिममा छैनन् ।

    नेपाली टोली

    गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

    डिफेण्डर : अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ

    मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु

    फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार