Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङमा दाजुभाइ मृत फेला


    मंगलबार, मंसिर ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । सोमबार साँझ उनीहरू कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत रहेका छन् ।

    मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्किएपछि मात्रै शव निकाल्ने प्रहरीले बताएको छ । मंगलबार शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरीकाे भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार