Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामान्य प्रशासन मन्त्री त्रिपाठी ग्राण्डी हस्पिटलमा


    मंगलबार, असोज २७ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको ग्राण्डी इन्टरनेशनल हस्पिटलमा भर्ना भएका छन् ।

    आइतबार राति अचानक स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना गरिएका मन्त्री त्रिपाठीको ग्राण्डी अस्पतालको आईसीययूमा उपचार भैरहेको स्वकीय सचिव रमेश पाण्डेले जानकारी दिए ।

    आइतबार राति स्वास्थ्यमा समस्या आएपछि मन्त्री त्रिपाठीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालको रिपोर्ट अनुसार उनको पित्त थैलीमा पत्थरी रहेकोले तत्काल शल्यक्रियाका लागि ग्राण्डी हस्पिटल भर्ना गरिएको र शल्यक्रिया पश्चात् उनलाई आईसीयूमा भर्ना गरिएको हो ।

    अस्पतालका निर्देशक डा. चक्र राज पाण्डेकाअनुसार हाल उनको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार