Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सात सांसदले हस्ताक्षर फिर्ता लिएपछि यमलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना तुहियो


    मंगलबार, असोज २७ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका बिरुद्धको अविश्वास प्रस्तावमा सही गर्र्ने सांसदहरुले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । पूर्व एमालेनिकट सांसदहरुले शाहीबिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । शाहीलाई हटाएर मुख्यमन्त्री हुने दाउमा लागेका पूर्वपर्यटन मन्त्री यमलाल कँडेलको सपना तुहिएको छ । मुख्यमन्त्री शाहीले माधव नेपाल पक्षलाई पेलेर प्रधानमन्त्री केपी ओली समूहलाई मात्र च्यापेपछि उनका बिरुद्ध सांसदहरु रुष्ट भएका थिए, जसलाई कँडेलले प्रयोग गर्न खोजेपछि नेकपाको एकतामै दरार पैदा गराएको थियो । तर कर्णाली नेकपाका नेताहरु निरज आचार्य लगायत मंगलबार स्र्खेत पुगेर हस्ताक्षरकर्ता सांसद र मुख्यमन्त्री शाहीबीच समन्वय गरेपछि कर्णाली प्रदेशको सरकार ढाल्ने खेल तत्काललाई टरेको छ ।

    मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद पुनर्गठन गरी चन्द्र शाही लगायतलाई समेट्ने प्रतिबद्धता जनाएपछि माधव नेपाल पक्षका सांसदहरु अमर थापा, देवी ओली, कुर्मराज शाही, पदमा खड्का, सुशील थापा लगायतका सांसदहरुले हस्ताक्षर फिर्ता लिएपछि आज बस्ने भनिएको नेकपा संसदीय दलको बैठक नै बसेन । नेकपाका १८ सांसदले मुख्यमन्त्री शाहीका बिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

    नेकपा नेता आचार्यसहितका नेताहरुले नेकपाका माधव नेपाल खेमाका सासदहरुलाई आजको संसदीय दलको बैठकमा नजान सुझाव दिएपछि नेपाल समूहका ७ जना हस्ताक्षरकर्ताहरु पछि हटे । जसका कारण शाहीबिरुद्धको अविपश्वास प्रस्ताव नै असफल भएको छ । मुख्यमन्त्री शाहीले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् ।

    मुख्यमन्त्री शाहीले नेकपामा नवप्रवेशी नन्द बुढाजस्तालाई मन्त्री बनाएर चन्द्र शाहीहरुलाई अपमान गरेपछि माधव नेपाल पक्ष उनीसँग रुष्ट थियो । पूर्वमाओवादीका ३ जना सांसद पनि मुख्यमन्त्री शाहीको ब्यवहारबाट रुष्ट भएकाले हस्ताक्षर गरेका थिए । यमलाल कँडेल त कर्णाली प्रदेश सरकार गठनदेखि नै मुख्यमन्त्री हुने दाउमा थिए । कर्णाली प्रदेश पूर्वएमालेको भागमा परेकाले उनको चाहना पूरा हुन सकेको थिएन । कर्णाली प्रदेशमा नेकपाका ३२ सांसद छन् । ३२ मध्ये १५ पूर्व एमालेका र ३ माओवादीका सांसद गरी १८ जनाले शाहीबिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार