सोल । चार दिनअघि मात्र अध्ययनका लागि दक्षिण कोरिया पुगेका ११ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण भएको छ ।
दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) का अनुसार राजधानी सोल नजिकैको गोयाङ शहरमा कोरियाली भाषा अध्ययनका लागि गएको शनिबार मात्रै त्यहाँ पुगेका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा संक्रमण पुष्टि भएको हो ।
स्थानीय इन्छन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा सुरुमा एक जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि समूहका सबैको परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो ।
नेपालबाट कुनैपनि देश जानेले पीसीआर रिपोर्ट नेगेटिभ देखाउनु पर्छ। सोहीकारण उनीहरु त्यहीं पुगेर संक्रमित भएको बताइन्छ ।