Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट मोरङमा तीन जनाको मृत्यु


    मंगलबार, असोज २७ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङमा कोरोना संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एकजना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । ती वृद्धमा दमको पुरानै समस्या रहेको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।

    यस्तै मोरङको बुढीगंगा गाउँपालिका– २ टंकीशिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    सो आइसोलेसनमा ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार