Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोर्चुगलको लगातार १० औँ जीत


    सोमबार, मंसिर ४ २०८०
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोर्चुगलले शत प्रतिशत नतिजा कायम राख्दै आफ्नो युरो २०२४ छनोट अभियान अन्त्य गरेको छ । आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलले १० खेलमा १० औँ जीत हासिल गरेको हो ।

    खेलको ३७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले बर्नार्डो सिल्भाको पासमा टोलीलाई अग्रता दिलाए । दोस्रो हाफमा आइसल्याण्डका गोलकिपरले क्रिस्टियानो रोनाल्डोको प्रहारलाई बचाऊ गरेपछि रिकार्डो होर्टाले टोलीका लागि दोस्रो गोल गरे ।

    गत जनवरीमा रोबर्टो मार्टिनेजलाई म्यानेजरमा नियुक्त गरेपछि सन् २०२३ मा पोर्चुगलले सबै खेल जितेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार