Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालिका बलात्कार खोज्ने यादव पक्राउ


    मंगलबार, असोज २७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लहान । नाबालिकालाई जबरजस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ ।

    स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैंचामा लगेर यादवले जबरजस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ ।

    पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार