Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मकवानपुरमा तीव्र रुपमा फैलिँदै कोरोना, एकै दिन १२५ जनामा संक्रमण पुष्टि


    मंगलबार, असोज २७ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मकवानपुर। मकवानपुरमा एकै दिन १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमित १ सय २५ जनामध्ये १ सय १७ जना हेटौंडा उपमहानगपालिका भित्रका रहेका छन् । बागमती गाउँपालिकाका १४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र हेटौंडा बसोबास गर्ने अन्य जिल्लाका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

    चौलागाईंका अनुसार असोज २५ गते संकलन गरिएको २ सय ६ जनाको स्वाब परीक्षण गर्दा १ सय २५ जनामा कोरोना देखा परेको हो । कोरोना पुष्टि भएकामध्ये ४८ महिला र ७७ पुरुष छन् ।

    हेटौंडा उपमहानगरका विभिन्न वडाका ५१ जना महिला र ६६ जना पुरुषमा कोरोना पुष्टि भएको हो । बागमती गाउँपालिकाका ६ महिला र ८ पुरुष रहेका छन् । मकवानपुरगढी गाउँपालिकाका १ जना महिला र जिल्ला बाहिर ठेगाना भएका ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार