Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृह मन्त्रालयसँग संसदीय समितिले माग्यो एआईजी ज्ञवालीको जन्ममितिको कागजात


    आइतबार, मंसिर ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिका सम्बन्धमा उजुरी परेपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सत्यतथ्य बुझेर प्रमाणका आधारमा छलफल गर्न गृह मन्त्रालयसँग उनको जन्म मितिसम्बन्धी कागजात मागेको छ ।

    समितिका सचिव सुरजकुमार दुराका अनुसार ज्ञावालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेका छन् । समिति सभापति रामहरि खतिवडाले उजुरीका आधारमा ‘वास्तविकता के हो त्यससम्बन्धी कागजात मगाउन निर्देशन गरे’अनुसार समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको हो ।

    उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार