काठमाडौँ। चार देश सम्मिलित महिला टी-२० सिरिज अन्तर्गत आज(शनिबार)को खेलमा नेपालले जापानलाई ६७ रनले हराएको छ।
केही बेरअघि सकिएको उक्त खेलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापानले सबै विकेट गुमाएर ४६ रनमात्रै बनाउन सक्यो।
जापानलाई सस्तोमा समेट्न संगीता राईले पाँच विकेट लिइन्। त्यस्तै पुजा महतोले २, अस्मिना कर्माचार्यले २ र काजल श्रेष्ठले १ विकेट लिए।
जापानकी मेग ओगावाले १७ र सेइका सुमीले १३ रन बनाउनुबाहेक अन्य ब्याटर नेपाली बलरसामु टिक्न सकेनन्।
त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो।
नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्।
त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन्।
ओपनर पुजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्।
बलिङतर्फ जापानकी एलिना कुसुदा क्वीनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक/एक विकेट लिइन्।
लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानिया खेल्दा तेस्रो स्थानका लागि नेपालले पुनः जापानसँगै खेल्नेछ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend