Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला टी-२० सिरिज: नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य


    शनिबार, मंसिर २ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। हङकङमा जारी महिला टी-२० सिरिजमा नेपालले जापानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको छ।

    हङकङ क्रिकेट क्लबको मैदानमा आज शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो।

    नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्।

    त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन्। ओपनर पुजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्।

    बलिङतर्फ जापानकी एलिना कुसुदा क्वीनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक/एक विकेट लिइन्।

    लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानिया खेल्दा तेस्रो स्थानका लागि नेपालले पुनः जापानसँगै खेल्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार