काठमाडौं । इंग्ल्याण्ड र रियल मड्रिडका फरवार्ड जुड बेलिङह्यामले सन् २०२३ को गोल्डन ब्वाई अवार्ड हात पारेका छन् । यो अवार्ड युरोपको शीर्ष लिगमा खेल्ने २१ वर्षभन्दा कम उमेरका खेलाडीलाई दिइन्छ ।
कोलम्बिया र रियल मड्रिडकी १८ वर्षीया फरवार्ड लिन्डा काइसेडोले गोल्डन गर्लको उपाधि हात पारिन् ।
२० वर्षीय बेलिङह्यामले यो सिजन बोरुसिया डर्टमण्डबाट रियल आएयता १४ खेलमा १३ गोल गरिसकेका छन् । गत अक्टोबरमा आयोजित बोलोन डी’ओरमा पनि उनी २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
सन् २०१४ मा राहिम स्टर्लिङले पछि यो अवार्ड हात पार्ने उनी पहिलो इंग्ल्सि खेलाडी हुन् । यो अवार्ड जित्ने अन्य खेलाडीमा वेयन रुनी, लियोनेल मेस्सी, किलियान एम्बाप्पे र अर्लिङ हालान्ड रहेका छन् ।
म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले गोल्डन प्लेयर म्यान अवार्ड हात पारे । २२ वर्षीय खेलाडीले प्रिमियर लिगको पहिलो सिजनमा ५३ खेलमा ५२ गोल गरेका थिए । त्यस्तै, बार्सिलोना र स्पेनका मिडफिल्डर एईटाना बोनमाटीले गोल्डन प्लेयर वुमन अवार्ड जितिन् । गत महिना २५ वर्षीया खेलाडीले बालोन डी’ओर अवार्ड पनि जितेकी थिइन् । उनले क्लबलाई लिग र च्याम्पियन्स लिग जिताउनुका साथै स्पेनलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend