काठमाडौं । इंग्ल्याण्ड र रियल मड्रिडका फरवार्ड जुड बेलिङह्यामले सन् २०२३ को गोल्डन ब्वाई अवार्ड हात पारेका छन् । यो अवार्ड युरोपको शीर्ष लिगमा खेल्ने २१ वर्षभन्दा कम उमेरका खेलाडीलाई दिइन्छ ।
कोलम्बिया र रियल मड्रिडकी १८ वर्षीया फरवार्ड लिन्डा काइसेडोले गोल्डन गर्लको उपाधि हात पारिन् ।
२० वर्षीय बेलिङह्यामले यो सिजन बोरुसिया डर्टमण्डबाट रियल आएयता १४ खेलमा १३ गोल गरिसकेका छन् । गत अक्टोबरमा आयोजित बोलोन डी’ओरमा पनि उनी २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
सन् २०१४ मा राहिम स्टर्लिङले पछि यो अवार्ड हात पार्ने उनी पहिलो इंग्ल्सि खेलाडी हुन् । यो अवार्ड जित्ने अन्य खेलाडीमा वेयन रुनी, लियोनेल मेस्सी, किलियान एम्बाप्पे र अर्लिङ हालान्ड रहेका छन् ।
म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले गोल्डन प्लेयर म्यान अवार्ड हात पारे । २२ वर्षीय खेलाडीले प्रिमियर लिगको पहिलो सिजनमा ५३ खेलमा ५२ गोल गरेका थिए । त्यस्तै, बार्सिलोना र स्पेनका मिडफिल्डर एईटाना बोनमाटीले गोल्डन प्लेयर वुमन अवार्ड जितिन् । गत महिना २५ वर्षीया खेलाडीले बालोन डी’ओर अवार्ड पनि जितेकी थिइन् । उनले क्लबलाई लिग र च्याम्पियन्स लिग जिताउनुका साथै स्पेनलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend