Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँचो कफीको समर्थन मूल्य निर्धारण


    शुक्रबार, मंसिर १ २०८०
    1.2K
    Shares
    Visit allwallpapersfree.blogspot.com
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालु आर्थिक वर्षको लागि काँचो कफीको समर्थन मूल्य निर्धारण गरेको छ । बोर्डले १९ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आजबाट लागू हुने गरी सो मूल्य निर्धारण गरेको हो ।

    बोर्डले फ्रेस चेरी कफी ग्रेड ए प्रतिकिलो सय रुपैयाँ र फ्रेस चेरी कफी ग्रेड बी को प्रतिकिलो ९० रुपैयाँ मूल्य ताेकेकाे छ ।

    पार्चमेन्ट कफी ग्रेड ए को प्रतिकिलो पाँच सय मूल्य रहेकाे छ भने पार्चमेन्ट कफी ग्रेड बी को प्रतिकिलो चार सय ५० रुपैयाँ रहेकाे बोर्डले जनाएको छ ।

    यसैगरी ड्राई कफी चेरी ग्रेड ए को दुई सय र ड्राई कफी चेरी ग्रेड बी को मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँ कायम गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार