Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अवैध सुन आयात गरेर अढाई अर्ब करछलि, उच्च अदालतमा मुद्दा


    सोमबार, असोज २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको अवैध पैठारी गरेर करिब अढाई अर्बको कर छलि भएको पाइएको छ । राजश्व अनुसन्धान विभाग रुपन्देहीको सिद्धार्थनगरस्थित एक ज्वेलर्स पसलले अवैध रुपमा सुन आयात गरेर कर छलि गरेको फेला पारेको हो । 

    नेपाली नागरिकता समेत लिएका भारतीय नागरिक सुनिल सुनार सञ्चालक रहेको सोनी ज्वेलर्सले अमित परियारलाई मतियार बनाएर सुनचाँदीको अवैध चोरी पैठारी गरेको अभियोग विभागले लगाएको छ ।

    सो दाबीसहित विभागले तुल्सीपुर उच्च अदालतमा २ अर्ब ३९ करोड ५५ लाख १५ हजार विगोसहित जरिवाना र कैद सजाय मागदाबी गरेको हो । सोमध्ये २ अर्ब २३ करोड रुपैंया १३ लाख ३८ हजार रुपैंया भन्सार चोरी पैठारी गरेको र बाँकी १६ करोड ४१ लाख ७७ हजार रुपैंया आयकर छलि गरेको विभागको दाबी छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार