Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १४ खेलपछि हार्‍यो अर्जेन्टिना


    शुक्रबार, मंसिर १ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वकप फुटबल छनौटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेसँग २-० ले हार व्यहोरेको छ ।

    घरेलु मैदानमा लिओनल मेस्सीसहित उत्रिएको अर्जेन्टिनाले अपराजित यात्रालाई कायम राख्न सकेन । गत विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोलले पराजित भएयता अर्जेन्टिनाले कुनै पनि खेल हारेको थिएन । यसबीचमा २ खेल टाइब्रेकरसहित सबै १४ खेल जितेको थियो ।

    अर्जेन्टिनाविरुद्ध उरुग्वेका रोनाल्ड अराउजो र डारोविन नुनेजले एक-एक गोल गरे । उरुग्वेले अघिल्लो खेलमा ब्राजिललाई पनि २-० गोलले हराएको थियो । यो नतिजापछि अर्जेन्टिना ५ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । १० अंक भएको उरुग्वे दोस्रोमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार