Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • महिला टी-२० क्रिकेट सिरिज: हङकङविरुद्ध नेपाल ५६ रनमै अलआउट


    बिहिबार, कार्तिक ३० २०८०
    880
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। चार देश सम्मिलित महिला टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले घरेलु टिम हङकङलाई जितका लागि ५७ रनकाे झिनाे लक्ष्य दिएकाे छ । नेपाल १८ ओभर खेल्दै ५६ रनमा अलआउट भयाे ।

    नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सीता रानामगरले ९ रन जोडिन् भने रोमा थापाले ७ रन बनाइन् ।

    त्यस्तै नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रूपमा ओपनर पूजा महतोलाई गुमाएको थियो । पूजा आठ बलमा चार रन जोड्दै आउट भएकी हुन् । तेस्रो नम्बर ब्याटिङ गर्न आएकी सम्झना खड्कालाई नेपालले दोस्रो विकेटका रूपमा गुमायो । उनी एक रन जोड्दै आउट भइन् ।

    चौथो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो । उनी रनको खाता नै नखोली पेभिलियन फर्किइन् । पाँचौँ नम्बरमा ब्याटिङ समाल्न आएकी नेपाली टोलीकी कप्तान इन्दु बर्मा पनि शून्य रनमै आउट भइन् ।

    बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिइन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन् । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एक/एक विकेट लिए । नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार