Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हत्या आरोपमा तत्कालिन मधेस मुक्ति टाइगर्स समूहका साहसहित तीन जना पक्राउ


    सोमबार, असोज २६ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । महिलाको हत्या गरी फरार रहेका तीनजना पक्राउ परेका छन् । यादवको हत्यामा संलग्न आरोपीहरु सोही ठाउँका २१ वर्षीय अजय कुमार यादव, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर नगरपालिका–११ ठेलिया बस्ने ५५ वर्षीय बमबहादुर साहलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयले सप्तरी प्रहरीको समन्वयमा पक्राउ गरेको हो । 

    २०७७ असोज १० गते राती आफ्नो घरमा एक्लै बसिरहेको अवस्थामा सप्तरी तिरहुत गाउँपालिका–मैनाकडरीकी ५० वर्षीय दाईमन देवी यादवको हत्या भएको थियो । हत्यापश्चात उनीहरु गाउँमै लुकिछिपी बस्दै आएका थिए । 

    बमबहादुर साह तत्कालिक मधेस मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या अभियोगमा अदालतबाट ८ वर्ष जेल सजाय बसी २ वर्षअघि मात्र हिरासतमुक्त भएका थिए । उनै बमबहादुरले दाईमन देवीको घाँटी थिचेर हत्या गरेका हुन् । 

    २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहका अनुसार बमबहादुरले महिलालाई भुइँमा लडाएर डोरीले घाँटीमा कसेर हत्या गरेको र ओमप्रकाश र अजयले बाहिर कोही आउँछ कि भनेर रेक्की गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

    मृतक महिलाको देवरानीसँग ओमप्रकाश यादवले अनैतिक सम्बन्ध राखेको दाईमन देवी यादवले थाहा पाएपछि रिसिईबी राखी हत्याको योजना बनाएको हुनसक्ने डिअाइजी सिंहले भने ।  त्यस्तै अजय यादव र मृतकबीच जग्गा विवाद रहेको खुलेको छ । २ बिघा जमिन अजय यादवका बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएको  र सोही विवादका कारण बाली नबुझाएको पाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार