काठमाडाैं । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूराे (सिआईबी) ले ५० कराेडकाे जग्गा किर्ते गरी ठगी गरेकाे आराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा ललितपुरकाे ललितपुर महानगरपालिका-१३ का ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणा रहेका प्रहरीले जनाएकाे छ । उनलाई काठमाडाैं महानगरपालिका-७ राताेपुलबाट पक्राय गरिएकाे हाे ।
पर्सा जिल्लाकाे बीरगञ्ज महानगरपालिकामा कमलादेवी राजभणडारीकाे नाममा रहेकाे कित्ता नम्बर ३, ७१, १४३, १८६ गरी जम्मा पाँच कठ्ठा, पन्ध्र धुर, नाै कन्वा किर्ते कागजात बनाइ आफ्नाे नाममा गरी अर्कै व्यक्तिलाइ बेच्नका लागि ५० कराेड रूपैयाँ बैना लिएपछि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।