काठमाडौं । नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४ हजार ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। संक्रमितमध्ये ७७ हजार २ सय ७७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६ सय ४५ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १ हजार ४ सय ७३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।