काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा फेरि स्थगित भएको छ।
असोज २८ र २९ गतेका लागि साधारण सभा तय भएको थियो। केन्द्रीय समितिका केही सदस्यमा कोरोना संक्रमण रहेका कारण साधारण सभा स्थगित गर्नु परेको क्यानले जनाएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण भएको थियो। हाल दुबैजनालाई अस्पताल भर्ना गरिएको छ ।
साधारण सभाको अर्को मिति तोकिएको छैन।
