Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लेवान्डोस्कीको २ गोलमा बार्सिलोनाको पुनरागमन जित


    सोमबार, कार्तिक २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठामाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति अलाभेजलाई २-१ ले पराजित गरेको छ ।

    बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा सामुएल ओमोरोदिओनले पहिलो मिनटमै गोल गर्दै अलाभेजलाई अग्रता दिलाएका थिए ।

    तर, दोस्रो हाफमा बार्सिलोनाले पुनरागमन गर्‍यो । ५३औं मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि बराबरी गोल गरे । त्यसपछि लेवान्डोस्कीले नै ७८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । त्यही गोल नै बार्सिलोनालाई २३ अंक दिलाउन पर्याप्त बन्यो ।

    जितपछि १३ खेलबाट ३० अंक जोडेर बार्सिलोना तेस्रो स्थानमा छ । बार्सिलोना शीर्ष स्थानको जिरोना भन्दा चार र दोस्रो स्थानको रियल मड्रिड भन्दा दुई अंकले पछि छ ।

    यस्तै अर्को खेलमा एट्लेटिको मड्रिडले भियारियाललाई ३-१ ले हरायो । जेरार्ड मोरोनोले गोल गर्द भियारियाललाई पहिले अग्रता दिलाएका थिए । तर एक्सल विटसल, एन्टोनी ग्रीजमन र लिनोले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए । १२ खेलबाट २८ अंकसिहत एट्लेटिको चौथो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार