Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सुनजस्तै देखिने एक किलो धातुसहित सिन्धुपाल्चोकमा दुईजना पक्राउ


    सोमबार, असोज २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकमा सुनजस्तै देखिने एक किलो धातुसहित दुई जना पक्राउ परेका छन्। 

    प्रहरीले सो धातुसहित बाह्रबिसे नगरपालिका-२ बस्ने १९ वर्षीय उमेश तामाङ र २६ वर्षीय अर्जुनबहादुर तामाङलाई पक्राउ गरेको छ। 

    सुनकोशी गाँउपालिका-७ डेढ किलोबाट जामुनेतर्फ जाने बाटोमा अवैध कारोबार हुँदैछ भन्ने खबर प्रहरीले पाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

    सोही खबरको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोली आइतबार दिउँसो पक्राउ गरेको हो। 

    पहिले प्रहरीले उमेश तामाङलाई पक्राउ गरेको थियो। उनीबाट एक किलो लेखिएको सुन जस्तो देखिने पहेंलो धातु फेला पारेको थियो। सुन पसलमा जाँच गराउँदा उक्त धातु पित्तल भएको खुलेको हो। 

    फरार भएका अर्जुनलाई प्रहरीले लिसंखुपाखर गाँउपालिका-६ लामिडाँडाबाट पक्राउ गरेको थियो। उनको प्रदेश ३-०२-००१ प ७४२४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

    उनीहरुमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार