काठमाडौं । ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ५१ वर्षीय टेकबहादुर केसीलाई रोल्पाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।
सर्वोच्च अदालतले २०६१ साल चैत २९ गते केसीविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैदको फैसला सुनाएको थियो।
फरार केसीलाई खोजी गर्दै जाने क्रममा असोज २३ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित रोल्पा सिमेन्ट उद्योगमा लुकीछिपी काम गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका प्रतिवादी केसीलाई असोज २५ गते दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेश अनुसार कारागार चलान गरिएको दाङका प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए।