Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण यो दशैंमा नयाँ नोट नसाटिने


    सोमबार, असोज २६ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ । 

    कोरोनाभाइरस संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भीड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटकको दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताए । 

    यस्तै, अन्य बैंकहरूमा समेत संक्रमणको जोखिम उच्च भएकोले दशैंका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनै पनि बैंकमा नगरिएको उनले बताए । यद्यपि, आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताए ।

    यसअघिका वर्षमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो । जुन एक किसिमले प्रचलनको रूपमा पनि स्थापित भइसकेको छ । राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोट दसैँको बेलामा सटही गर्दै आएको थियो । 

    यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भए पनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार