Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिविको रोकिएका परीक्षा मंसिरबाट सुरु हुने (सूचनासहित)


    सोमबार, असोज २६ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रोकिएका परीक्षाहरु मंसिरबाट संचालन हुने भएको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरी मंसिरको तेस्रो साताबाट परीक्षा संचालन गर्ने जनाएको हो ।

    विश्वविद्यालयले ६ असोजको बैठकबाट स्थगित गरिएको सम्पूर्ण परीक्षाहरु आफ्नो अनुकुलता हेरी सम्बन्धित डीनको कार्यालयले संचालनको निर्णय गर्न सक्ने भनी निर्णय भएकोमा सरकारले परीक्षा संचालन गर्न दिने भएपछि नयाँ निर्णय गरेको हो ।

    अब त्रिविको स्थगित स्नातक र स्तानकोत्तर तहको परीक्षा २०७७ साल मंसिर महिनाको तेस्रो साता पछि संचालन गरिने सूचनामा भनिएको छ ।

    TU-exam.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार