काठमाडौं । एउटा त्रिपालमुनि कति परिवार बस्न मिल्छ होला ? एक, दुई बढीमा तीन परिवार। होइन जाजरकोटका भूकम्पपीडितले त्रिपाल र स्थान अभावमा एउटै त्रिपाल मुनि ११ परिवार बस्ने गरेका छन्।
जिल्ला सदरमुकाम खलंगास्थित कस्तुरी बोडिङ्ग स्कुलमा एउटै त्रिपालमुनि ११ परिवार सँगै सुत्ने गरेका छन्। भूकम्पले घर चिराचिरा पारेपछि त्रासले भेरी नगरपालिका ४ का ११ परिवार एउटै त्रिपालमुनि सुत्न बाध्य भएका हुन्।
भेरी नगरपालिका-४ का शिला पुन घर्ती, लक्ष्मी गिरी, धनसरा राना, कल्पना राना, सरस्वती पुन, कल्पना खत्री, शिला पुन, अनिता खड्का, सन्देश घर्ती, राजेश खत्री र महेश सिंहको परिवार एउटै त्रिपालमुनि सुत्ने गरेको उनीहरूले बताएका छन्। एउटै परिवारका दुईदेखि ५ जनासम्मको परिवार छ।
‘सबै गरी ३३ जना एउटै पालमुनि सुत्ने गरेका छौं। स्थानीय शिला पुन घर्तीले भनिन घरमा बस्न सकिने अवस्था छैन। त्रिपाल दिएका छैनन्। प्रत्येकले अलग अलग त्रिपाल हाल्ने ठाउँ पनि छैन। त्यही भएर सामूहिक रूपमा त्रिपालमा सुत्ने गरेका छौं। खाना खान आ-आफ्नो घरमा जाने र सुत्न मात्र त्यहाँ आउने गरेका छन्,’ उनले भनिन्।
सँगै सुत्दा कतिपयका केटाकेटी रुने कराउने, कतिपयले घुर्ने लगायतका समस्याले निन्द्रा नै नलाग्ने उनको बताइन्। त्यहाँ बस्ने धेरैजसो भाडामा बस्नेहरू पनि छन्। भाडामा बस्नेलाई स्थानीय तहले राहत नदिएपछि उनीहरू कोच्चिएर एउटै त्रिपालमा बस्न बाध्य भएका हुन्।
बोडिङ्गको आगनमा करीब १५ ओटा त्रिपाल र टेन्ट राखिएको छ। त्यहाँ करीव ५० बढी परिवारका दुई सय बढी बस्ने गरेका छन्। उक्त स्थानमा बसेका मध्य केही बालबालिकाहरू बिरामी परेका छन्।
उनीहरूमा ज्वरो आउने, खोकी लाग्ने, निमोनिया लगायतका समस्या देखिएका छन्। सदरमुकाम भित्रकै यस ठाउँमा औषधोपचार र अन्य खानेकुरा लगायतका राहत सामग्री अभाव भएको कल्पना खत्रीले बताइन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend