Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु


    शनिबार, कार्तिक २५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। धनुषा र सप्तरीमा बाल्टिनको पानीमा डुबेर दुई बलाको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

    यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ पातो बजार बस्ने देव कुमार मालिको ९ महिनाको छोरा बिराट कुमार मालिको पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।

    खेल्ने क्रममा बाल्टिनमा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार