Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु


    सोमबार, असोज २६ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर ।  कोरोना भाइरसको संक्रमणबाट भक्तपुर एक जनाको मृत्यु भएको छ।

    भक्तपुर नगरपालिका–५ भेलुखेलका ५९ वर्षीय क्यान्सर पीडितको गएराति मृत्यु भएको हो। उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्।

    स्वास्थ्य समस्या देखिएपछि उनी शुक्रबार अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

    यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। उनीहरुमध्ये ११ महिला र २८ पुरुष छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार