Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट सुनसरीका थप ३ जनाको मृत्यु


    सोमबार, असोज २६ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुनसरी। कोरोना संक्रमणबाट सुनसरीमा थप तीन जनाको मृत्यु भएको छ । मृतकहरुमा धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र वराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुष रहेका छन् ।

    धरान–१५ का ८९ वर्षीय पुरुषको होम आइसोलेसनमा बसेको अवस्थामा सोमबार बिहान घरैमा मृत्यु भएको हो । धरान–२ का अर्का वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत अवस्थामा आइतबार राति ११ बजे मृत्यु भएको हो । वराह क्षेत्रका पुरुषको सोमबार बिहान ७ बजे विराटनगस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

    धरान–२ का वृद्धको स्वाव संकलन गरेर प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज २३ गते कोरोना पोजिटिभ देखिएको थियो । उच्च रक्तचापका दीर्घरोगी ती पुरुषलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

    यसैगरी श्वासप्रश्वासमा समस्या भएपछि बराहक्षेत्रका पुरुषलाई शनिबार बीपी प्रतिष्ठानको इमर्जेन्सी कक्षमा पुऱ्याइएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा कोरोना देखिएपछि भेन्टिलेटरसहितको आईसीयूमा राख्न कोभिड अस्पतालमा भर्ना गर्न खोजेपछि बेड अभावले तत्काल विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

    दुवै मिर्गौला फेल भएपछि उनी मिर्गाैला प्रत्यारोपण गर्ने तयारीमा रहेका थिए । उनको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार