Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • भाइटिकाको दिन उपत्यकामा प्रहरीको नि:शुल्क बस सेवा


    शुक्रबार, कार्तिक २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तिहारको भाइटिकाको दिनमा प्रहरीले उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दुईवटा सिफ्टमा चारवटा बस टिकाको दिनमा सञ्चालन गरिने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    बिहान साढे ८ बजेबाट पहिलो सिफट र ४ बजेबाट दोस्रो सिफ्ट प्रहरी प्रधान कार्यालय सवारी महाशाखाबाट बस सञ्चालन हुनेगरी रुट निर्धारण गरिएको छ ।

    बा.१ ग २५९१ र बा.१ ग २६०८ नम्बरको बसले पहिलो सिफ्टमा सेवा दिनेछन् । ती बसहरु नक्सालबाट निस्केर बालाजु, सातदोबाटो र सुर्यबिनायक सम्म पुगेर नक्साल फर्किनेछन् ।

    मध्यान्ह ४ बजेपछि सोही बसहरुले नक्साल हुँदै कलंकी र भक्तपुरको सुर्यबिनायकसम्म पुगेर सेवा दिनेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार