Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीलाई कोरोना सक्रमण:गृहसचिव न्यौपानेदेखि भारतीय राजदुतसम्म आइसोलेसनमा


    आइतबार, असोज २५ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । पर्यटनमन्त्री योगेश भट्टराईलाई हिजो कोरोना संक्रमण पुष्टि भएपछि गृहसचिवदेखि नेपालका लागि भारतीय राजदूतसम्म आइसोलेसनमा बसेका छन् ।

    एकै कार्यक्रममा सहभागि भएका गृहसचिव महेश्वर न्यौपानेसमेत आइसोलेशनमा बसेका हुन्। यस्तै शुक्रबारमात्रै मन्त्रीसँग भेटघाट गरेका भारतीय राजदूत विनयमोहन क्वात्राले सम्पूर्ण भेटघाट बन्द गर्दै आइसोलेसेशनमा बसेका छन् ।

    गत शुक्रबार मन्त्री भट्टराईसँग मन्त्रालयमै औपचारिक भेटघाट गरेका क्वात्रा र दूतावासका अर्का एकजना कर्मचारीसमेत मन्त्रीलाई कोरोना पुष्टि भएपछि क्वारेण्टिनमा बस्नुपर्ने परेकाे हाे । यससम्बन्धमा भारतीय दूतावासले औपचारिक सूचना सार्वजनिक गरिसकेको छैन ।

    त्यस्तै गत बिहीबार भट्टराई ताप्लेजुङ्गस्थित ओलाङ्गचुङ्गगोला र संखुवासभास्थित किमाथाँका नाकामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना कार्यक्रममा काठमाडौंबाट हेलिकोप्टरमा जाँदा गृहसचिव न्यौपाने पनि सँगै थिए । त्यसअघि पनि उनी विमानस्थल उद्घाटनको कार्यक्रममा पश्चिम नेपालका विभिन्न जिल्ला पुगेका थिए ।

    मन्त्री भट्टराईलाई हिजो कोरोना संक्रमण पुष्टि भएपछि न्यौपाने पनि आइसोलेशनमा बसेका हुन् । उक्त कार्यक्रममा मन्त्रीसँगै सशस्त्र प्रहरीका धेरैजना र स्थानीय नेता तथा कार्यकर्तासमेत सहभागी थिए । यस्तै उपत्यकाका डिआइजी विश्वराज पोखरेल पनि आइसोलेशनमा छन् । मन्त्री भट्टराईलाई लक्षणसहितको कोरोना संक्रमण देखिएपछि अधिकांश व्यक्ति शंकाको घेरामा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार