Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषदका यस्ता छन् पछिल्ला निर्णय: कहाँ कसकाे नियुक्ति भयाे?


    आइतबार, असोज २५ २०७७
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले विभिन्न ६ वटा निकायमा नियुक्ति गरेकाे छ। मन्त्रिपरिषदको बैठकले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश (प्रकाश) पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । गत असोज २२ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

    यस्तै लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा काडमाडौं महानगरपालिका वडा नंबर २१ का सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम विकास परिषदको अध्यक्षमा डा.वशिष्ट प्रसाद रिजाललाई मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।  यस्तै सिंहदरबार वैद्यखानाको अध्यक्षमा डा.बाबुराजा अमात्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।

    यस्तै औषधी परामर्श परिषदमा संघरत्न बज्राचार्य, बाबुराम हुमागाई र दीपकप्रसाद दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  साथै राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्षमा डा.देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार