Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस वर्षको दसैँमा नयाँ नोट वितरण नहुने


    आइतबार, असोज २५ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँमा नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गइरेकाले लाइन लगाएर नयाँ नोट वितरण गर्न नसकिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

    विगतक वर्षहरुमा राष्ट्र बैंकले सेवाग्राहीई दसैँको अवसरमा लाइन लगाएर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही गर्दै आएको थियो ।

    राष्ट्र बैंक तथा बैंकले तोकेका बैंक तथा वित्तीय संस्थाहरुमा नयाँ नोट साट्नेहरुको घुइँचो लाग्थ्याे । तर यसवर्ष विगतका वर्ष जस्तो सहज परिस्थिति नभएकाले सेवाग्राहीलाई लाइन लगाएर नयाँ नोट दिन सम्भव नभएको उनले बताए।

    सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुमा पनि कोरोना देखिइरहेकाले बैंकका शाखा मार्फत पनि नयाँ नोट वितरण गर्न नसकिने उनले बताए।

    उनका अनुसार चाडपर्वका बेला बजारमा नोटको अभाव हुदैन । नयाँ नोटहरु बैंकमा स्टक रहेको तर वितरण गर्न अहिलेको समयमा जोखिम भएकाले वितरण नगर्ने सम्भावना अधिक रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार