Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • २४ घण्टामा १५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त


    आइतबार, असोज २५ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

    यो सँगै नेपालमा ७५ हजार ८ सय ४ संक्रमित  उपचारपछि निको भएका छन्। 

    मन्त्रालयका अनुसार १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ७६  हजार ९ सय ८४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ४ हजार ६ सय १३ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३१ हजार ३ सय १५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार