Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यू-१९ एसिया कप क्रिकेट: नेपाल भारत र पाकिस्तानको समूहमा


    बुधबार, कार्तिक २२ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा छनोट भएको छ ।

    एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ ।

    यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ ।

    समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन् ।

    समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल १७ डिसेम्बरमा हुने छ ।

    एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्ने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार