Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित कैलालीका एसपीलाई थप उपचारका लागि काठमाडौं ल्याइदैं


    आइतबार, असोज २५ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौं ल्याइदैं छ। लक्षण देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो।

    श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत काठमाडौं लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए।

    उनले जबरालाई काठमाडौंस्थित प्रहरी अस्पताल लगिएको बताए। सिंहका अनुसार एसपी राणालाई सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ।

    एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि उनी धनगढीमै कार्यालयको आइसोलेसनमै उपचाररत थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार